Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति, आईतबार बिहान ९ः ३० बजे अनशन तोड्‍ने

    सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति, आईतबार बिहान ९ः ३० बजे अनशन तोड्‍ने


    • आइतवार, आश्विन २५ २०७७

    • नेपाल वाइड


    सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति,  आईतबार बिहान ९ः ३० बजे अनशन तोड्‍ने

             काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्‍न ६ बुँदे माग राखेर २७ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । शनिबार राति ११ बजे त्रिवि शिक्षण अस्पतालमा सरकार र डा.केसी पक्षका प्रतिनिधिबीच भएको वार्तामार्फत सहमति भएको हो । सरकार र डा.केसीबीच ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । शनिबार राति सहमति भए पनि डा. केसीले आइतबार ९:३० बजे मात्र सत्याग्रह  तोड्ने सहयोगी प्रितम सुवेदीले जानकारी दिए । 

          सहमतिमा ८ बुँदा भए पनि मुख्य बुँदा भने डा. केसीका ६ बुँदे मागका ६ वटा सहमति छन् । ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनशन तोड्ने उल्लेख छ ।

           डा.केसीको सत्याग्रहको २४ औँ दिन बुधबार मात्र चौतर्फी विरोध आएपछि सरकारले वार्ता समिति बनाएको थियो । तर सत्याग्रहको २५ औँ दिन अर्थात बिहीबार सकारात्मक कोणबाट सुरु भएको वार्ता शुक्रबार भने निराशाजनक भएको थियो । शुक्रबारको वार्ता लगत्तै डा. केसी पक्षले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको थियो । 

          डा. केसीले गत भदौ २९ गते जुम्लाको एक मन्दिरमा सत्याग्रह सुरु गरेका थिए भने सत्याग्रहको ९ औँ दिन काठमाडौं सत्याग्रहका लागि आउँदा प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो तर विरोध भएपछि  सोही दिन उनलाई त्रिवि शिक्षण अस्पताल जान दिएको थियो । 

    सरकार र डा. गोविन्द केसीबीच भएको सहमति  

    सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।

    यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।

    यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।

     

    सम्बन्धित समाचार