Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images

    खोटाङको बुइपामा विश्वकै अग्लो यलम्बरको शालिक साकेला उँभौलीमा उद्घाटन हुँदै

    खोटाङको बुइपामा विश्वकै अग्लो यलम्बरको शालिक साकेला उँभौलीमा उद्घाटन हुँदै


    • शुक्रवार, बैशाख ११ २०८३

    • नेपाल वाइड


    खोटाङको बुइपामा विश्वकै अग्लो यलम्बरको शालिक साकेला उँभौलीमा उद्घाटन हुँदै

    खोटाङ, ११ वैशाख । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण गरिएको किराती प्रथम राजा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिक सहितको ‘यलम्बर पार्क’ आगामी वैशाख १८ गते साकेला उँभौलीको अवसर पारेर उद्घाटन गरिने भएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्कराज राई ‘हर्क साम्पाङ’ को प्रमुख अतित्थ्यमा उद्धघाटनको तयारी गरिएको हो ।

    उद्धघाटन कार्यक्रममा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, गायक राजेशपायल राई, नायक दयाहाङ राई र नायिका एलिशा राईको सहभागिता रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । पञ्चदोबाटोको तीस रोपनी सरकारी जग्गामा निर्मित उक्त पार्क कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानीमा करिब १४ करोड लागतमा निर्माण सम्पन्न भएको हो ।

    फाइबरबाट निर्मित उक्त शालिक ‘विश्वकै अग्लो र ठूलो’ यलम्बर प्रतिमा भएको निर्माण उपभोक्ता समितिले दाबी गरेको छ । पार्कमा घुमफिर क्षेत्र, विश्राम कक्ष, निःशुल्क वाइफाई, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने बुइपाका वडाध्यक्ष दिनेश राईले बताए । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने जनाइएको छ ।

    पार्कको आम्दानी मध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुने सम्झौता भएको छ । हलेसी नजिक रहेको उक्त पार्कबाट किराती सभ्यताको उद्गमथलो मानिने तुवाचुङसम्म पदमार्ग निर्माण गर्ने योजना पनि बनाइएको छ । नेपाल सरकारको ‘मुन्दुम ट्रेल’ पदमार्गसँग जोडिने यस पार्कले जिल्ला तथा प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

     

    सम्बन्धित समाचार