Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images

    प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन

    प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन


    • शुक्रवार, भाद्र २६ २०८३

    • नेपाल वाइड


    प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन
    प्रेस युनियन खोटाङको अध्यक्षमा निर्वाचित चिसाङ शेर्पा ।

    खोटाङ, २६ भदौ । नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत रूपमा चयन भएका छन् । शुक्रबार सम्पन्न प्रेस युनियन खोटाङको आठौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समायोजन खबर डटकमका सञ्चालक तथा द हिमालय टाइम्स दैनिकका खोटाङ संवाददाता रहेका शेर्पा नेपाल पत्रकार महासंघ खोटाङ शाखाको उपाध्यक्ष समेत हुन् ।

    यसअघि उनी प्रेस युनियन खोटाङकै उपाध्यक्षको जिम्मेवारीमा थिए । नवनिर्वाचित ११ सदस्यीय जिल्ला कार्यसमितिमा खुला उपाध्यक्षमा कृष्णकला राई, महिला सदस्यमा एनिशा राई, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा योगिन राई र कोषाध्यक्षमा मनिता राई चयन भएका छन् । जिल्ला सदस्यमा मनोज आचार्य, पदम हिङमाङ, मिलन आचार्य, दिनाराज कार्की र एल्जिसा राई चयन भएका छन् ।

    युनियनको प्रदेश महाधिवेशन प्रतिनिधिमा अमृत गिरी, पदम हिङमाङ, योगिन राई र एल्जिसा राई तथा संघिय महाधिवेशन प्रतिनिधिमा कृष्ण आचार्य, दिलिप खत्री, उत्तम चौलागाई, राजकुमार भट्टराई, रविना सुवेदी खत्री र खिलन राई चयन भएका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई युनियनका केन्द्रीय प्रतिनिधि कृष्ण आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

    दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित यस जिल्ला अधिवेशन तथा साधारणसभाको उद्घाटन नेपाली कांग्रेसका कोशी प्रदेश समितिका महामन्त्री एवम् प्रदेशसभा सदस्य भूपेन्द्र राईले गरेका थिए । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिवोल आचार्यसहित विभिन्न पेसागत संघसंगठनमा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार