मंगलवार, आश्विन २७ २०७७
नेपाल वाइड
विराटनगर । सुरक्षा र शान्ति सुव्यवस्थाको विषयमा नियमित रुपमा आयोजना हुँदै आएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी यस पटक भर्चुअल प्रविधिबाट भएको छ । नेपाल सरकार र प्रदेश १ सरकारको संयुक्त आयोजनामा मंगलबार भर्चुअल विधिबाट प्रदेश सुरक्षा गोष्ठी आयोजना गरिएको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री शेरधन राईले गोष्ठी उद्घाटन गरेका छन् । यसमा प्रदेशको शान्ति सुरक्षाको अवस्थादेखि चाडबाडलक्षित क्षेत्रीय सुरक्षा रणनीतिबारे समेत छलफल हुने बताइएको छ । गोष्ठीको समापनमा कार्यक्रममा भने गृहमन्त्री रामबहादुर थापाको विशेष सम्बोधन रहने आन्तरिक मामिला तथा कानुनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार कोभिड १९ को प्रभाव र चाड लक्षित सुरक्षालगायत विषयमा पनि छलफल हुनेछ । सुरक्षा गोष्ठीमा प्रदेश १ का १४ वटै जिल्लाका जिल्ला सुरक्षा समिति, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी छन् ।