Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    अनेरास्वबियुका पदाधिकारीको शपथ ग्रहण

    अनेरास्वबियुका पदाधिकारीको शपथ ग्रहण


    • आइतवार, कार्तिक २ २०७७

    • नेपाल वाइड


    अनेरास्वबियुका पदाधिकारीको शपथ ग्रहण
    अनेरास्वबियुका पदाधिकारी शपथ ग्रहण गर्दै

             खोटाङ । कात्तिक ३, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वबियु) खोटाङका पदाधिकारीले शपथ ग्रहण गरेका छन् । तत्कालिन अनेरास्वबियु र अनेरास्ववियू क्रान्तीकारीको एकतापछि बनेको जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यले आइतबार शपथ ग्रहण गरेका हुन् ।

            उनीहरुलाई जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा अनेरास्वबियुका केन्द्रीय सदस्य पर्वत चाम्लिङले शपथ ग्रहरण गराएका हुन् । केन्द्रमा भएको सहमती अनुशार खोटाङमा पुर्वअनेरास्ववियु क्रान्तीकारीकी जिल्ला अध्यक्ष मायाँ चाम्लिङ संयोजक र अनेरास्ववियुका जिल्ला अध्यक्ष खेमराज देउसाली सह–संयोजक बनेका छन् ।

            ५१ सदस्य रहेको अनेरास्ववियुको कार्यलय सदस्यमा डार्बिन चाम्लिङ, यम खड्का, डिल्लीराम खड्का, मोहन पोखरेल र शंकर खनाल चुनिएका छन् ।

           शपथ ग्रहण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एबं प्रदेशसभा सांसद रामकुमार राई पासाङ, नेकपाका केन्द्रीय सदस्य एबं संविधानसभा सदस्य दुर्गाजयन्ती राई, प्रदेश कमिटि सदस्य ध्रुब बुढाथोकी धिरेन, बबी चाम्लिङ, जिल्ला अध्यक्ष देवान किराती पृथ्बी लगायतको उपस्थिति थियो । यस्तै, पुर्वअनेरास्ववियु र पुर्वअनेरास्वबियु क्रान्तीकारीका केन्द्रीय सदस्य, पुर्वजिल्ला अध्यक्ष लगायतको उपस्थिति रहेको जनाइएको छ ।

    सम्बन्धित समाचार