Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    कोरोना संक्रमितको परीक्षण र उपचारको यथोचित् प्रयत्‍न सरकारले गर्नेछ : प्रधानमन्त्री ओली

    कोरोना संक्रमितको परीक्षण र उपचारको यथोचित् प्रयत्‍न सरकारले गर्नेछ : प्रधानमन्त्री ओली


    • शुक्रवार, कार्तिक ७ २०७७

    • नेपाल वाइड


    कोरोना संक्रमितको परीक्षण र उपचारको यथोचित् प्रयत्‍न सरकारले गर्नेछ : प्रधानमन्त्री ओली
    फायल तस्बिर

          काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित् प्रयत्‍न सरकारले गर्ने बताएका छन् । आज देशवासीका नाममा सम्बोधन गर्दै उनले महामारीका बेलामा नागरिकको जीवनरक्षा सरकारको नि:सर्त कर्तव्य रहेको भन्दै कोरोना संक्रमण नियन्त्रण गर्न र संक्रमितको उपचारमा पहल गरिरहेको बताए ।

          महामारीबाट नागरिकको जीवनरक्षा गर्नु सरकारको कर्तव्य रहेको भन्दै उनले परीक्षण र उपचारको प्रबन्ध सरकारले गर्ने भन्दै निश्‍चिन्त रहन सबैलाई आग्रहसमेत गरे । त्यस्तै, कोरोना भाइरसको खोपमा सहज नेपाली नागरिकको पहुँचका लागि समेत सरकारले पहल गरिरहेको उनले जानकारी दिए ।

        लकडाउन सुरु भएको चैत ११ देखि यता जनतालाई भयभित बनाउने थुप्रै अफवाह फैलाइएको भन्दे उनले यस्ता भ्रमका तुवाँलो विस्तारै हट्ने पनि बताए ।

          प्रधानमन्त्री ओलीले मान्यजनसँग टिका ग्रहण गर्दा सजग हुन आग्रह गरेका छन् । दसैंको मुखमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको भन्दै उनले सजग भएर चाडपर्व मनाउन आग्रह गरे।

    सम्बन्धित समाचार