मंगलवार, मंसिर २३ २०७७
नेपाल वाइड
काठमाडौँ । सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर रहेको नयाँ तथ्य सार्वजनिक भएको छ । ८ हजार ८४८ मिटर उचाई रहेको सगरमाथाको नयाँ उचाई अब ८ हजार ८४८.८६ मिटर पुगेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । नेपाल र चीनले मापन गरेको नयाँ एक कार्यक्रमकाबीच पररष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले सार्वजनिक गरेका हुन् ।
मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएपछि आज उचाई घोषणा भएको हो । सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो ।
सगरमाथाको उचाइ ९ जीएनएसएस बिन्दु प्रयोग गरेर पत्ता लगाइएको हो । उचाइ नाप्न विभागका दुई कर्मचारी अघिल्लो वर्षको मे महिनामा सर्वोच्च शिखरमा पुगेका थिए । यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो । सोही उचाई नै अहिलेसम्म कायम थियो । अब सगरमाथाको नयाँ उचाई लागू हुनेछ ।