बिहिवार, पौष १६ २०७७
नेपाल वाइड
काठमाडौँ । सरकारले निर्मला हत्या पन्त हत्या प्रकरणमा सेवाबाट हटाएका एसपी डिल्लीराज विष्टको पुनर्बहाली गर्ने निर्णय गरेको छ ।बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बिष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्मला पन्त हत्याको छानविनमा लापरबाही गरेको आरोपमा एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको थियो भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद निलम्बनमा परेका थिए ।
जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ दिने फैसला गरेको थियो । ११ साउन २०७५ मा कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।