Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    विकास निर्माण

    खोटेहाङको सिमपानी खिखु खोलामा कल्भर्ट

    खोटेहाङको सिमपानी खिखु खोलामा कल्भर्ट


    • बुधवार, फाल्गुण १९ २०७७

    • नेपाल वाइड


    खोटेहाङको सिमपानी खिखु खोलामा कल्भर्ट
    खिखु खोलामा कल्भर्ट उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्रदीप राई

    खोटाङ । फागुन १९, खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र खोटेहाङ गाउँपालिका–८ सिमपानी जोड्ने खिखु खोलामा कल्भर्ट उद्घाटन गरिएको छ । गाउँपालिका, वडा कार्यालय सिमपानी र वडा कार्यालय खोटाङबजारको प्रयासमा खिखु खोलामा निर्माण गरिएको कल्भर्ट बुधबार गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरेका छन् ।

    सिमपानीबाट गाउँपालिकाको केन्द्र पुग्ने सडकमा पर्ने खोलामा गाउँपालिकाको ५ मिटर लामो कल्भर्ट निर्माण गरिएको हो । गाउँपालिकाकै ८ लाख खर्चमा खोलामा कल्भर्ट निर्माण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । कल्भर्टले खोटाङबजारको धनमुढा मगरगाउँ र सिमपानीको छतिवनेलाई जोडेको छ ।

    culvert at khikhu khola at khotehang photo_khotang1.jpg

    सिमपानी र गाउँपालिकाको केन्द्रलाई जोड्ने छोटो दुरीको बाटोमा पर्ने भएकाले खिखु खोलामा कल्भर्ट निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकी उपाध्यक्ष कविता राई, खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँल, सिमपानीका वडाध्यक्ष चन्द्रबहादुर थापा लगायतको उपस्थितिमा कल्भर्ट उद्घाटन गरिएको हो । सो कल्भर्टलाई स्थानीय तीन हजार भन्दा बढि जनसंख्याले उपयोग गर्ने दावी गरिएको छ ।

    सम्बन्धित समाचार