Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    वडा कार्यालयमा लफडै लफडा

    ऐसेलुखर्कको माथिल्लो खानेपानी आयोजनाको काम सुरु नहुँदै विवादमा

    ऐसेलुखर्कको माथिल्लो खानेपानी आयोजनाको काम सुरु नहुँदै विवादमा

    स्थानीय जनतासँग समन्वय नगरी आयोजनाको काम अगाडि बढाइएको संघर्ष समितिको ठहर

    • आइतवार, चैत्र ८ २०७७

    • नेपाल वाइड


    ऐसेलुखर्कको माथिल्लो खानेपानी आयोजनाको काम सुरु नहुँदै विवादमा
    फायल तस्बिर

    खोटाङ । चैत–८, खोटाङको ऐसेलुखर्क गाउँपालिकामा खानेपानी आयोजनाको काम सुरु नहुँदै विवाद चुलिएको छ । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित बिस्खाम खोलाको पानी अन्यत्र लैजानका लागि सुरु गर्न लागिएको माथिल्लो खानेपानी योजना विवादमा फसेको हो । वडाध्यक्ष सन्तबीर तामाङले समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट स्थानीयले विरोध सुरु गरेपछि आयोजनाको काम अलमलमा परेको छ ।

    बाकाचोल सहित ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क र ऐसेलुखर्क गाउँपालिका–७ माक्पासम्म खानेपानी विस्तारका लागि डिपिआर तयार पारिएको खानेपानी आयोजनाका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेलमार्फत चालु आर्थिक वर्ष ५० लाख बजेट प्राप्त भएको छ ।

    तर, वडाध्यक्ष तामाङले समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्काम सडक उपभोक्ता समिति गठन गरिएको भन्दै असन्तुष्ट स्थानीयले चैत ४ गते वडा कार्यालयमा ताला लगाएका छन् । वडा कार्यालयमा लागेको ताला अझै खुलाइएको छैन ।

    वडा कार्यालयमा ताला लागिरहेकै समयमा शनिबार काठ्माण्डौंमा बसिरहेका बाकाचोलबासीले मित्रलाल पुरीको संयोजकत्वमा गत असार २० गते गठन गरिएको संघर्ष समितिलाई हेरफेर तथा विस्तार गरेको छ । बिरोध तथा चरणवद्ध आन्दोलनका लागि गठित १७ सदस्यीय संघर्ष समितिले खानेपानी मन्त्रालय, संघीय संसद, प्रदेश संसद र जिल्ला समन्वय समितिलाई ज्ञापन–पत्र बुझाउने निर्णय गरेको बाकाचोल बहुउद्धेश्यीय सहकारी संस्थाका सचिव तुलसीराम पुरीले बताए ।

    स्थानीय जनतासँग समन्वय नगरी तथा आयोजनाबाट पर्ने तत्कालिन तथा दिर्घकालिन असरलाई बेवास्ता गर्दै आयोजनाको काम अगाडि बढाइएको संघर्ष समितिको ठहर छ । बिस्काम खोलाको पानी अन्यत्र लैजाँदा चार करोडको खर्चमा बनाइएको सिन्दुरेढुंगा लिदिङ खोला लघु जलविद्युत आयोजनालाई अशर पर्ने उनीहरुको दावी छ ।

    यस्तै, साविकको बाकाचोल–२ र ३ का सिँचाइ आयोजना प्रभावित हुँदा कृषि क्षेत्रमा दीर्घकालिन अशर पर्ने, ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा सञ्चालित लघुजलविद्युत योजना र सिँचाईमा प्रत्यक्ष अशर पर्ने असन्तुष्ट पक्षको दावी छ ।
    ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाको पहलमा माथिल्लो खानेपानी योजनाको काम अघि बढाइएको हो ।

    तर विवादको हल नभए करौडौं लागतको माथिल्लो खानेपानी योजना नै गुमाउनु पर्ने अवस्था निम्तिने देखिएको छ । सोलुखुम्बुमा पर्ने दियाले खोला र बिस्खाम खोलामध्ये बिस्खाम खोलाको पानी विस्तारका लागि डिपिआर गरिएको थियो । डिपिआर गर्दा स्थानीयसँग समन्वय नगरे पनि बजेट परेपछि समन्वय गर्नेगरी रमेश राजभण्डारीको संयोजकत्वमा पालिकास्तरिय समन्वय गठन गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

    ‘बजेट परेपछि उपभोक्तासँग समन्वय गर्ने भनेर डिपिआरको काम गरियो । बजेट परेपछि समन्वय समिति गठन गरिएको छ,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘सहमती भए योजनाको काम अघि बढाउने, नभए बिकल्पको खोजी गर्ने लक्ष्य हो । तर पानी बेच्यो भनेर भाषण गर्नु उचित होईन ।’

    वडा कार्यालयमा लफडै लफडा

    वडा कार्यालय बाकाचोलमा तेश्रो पटक चैत ४ गते ताला लगाइएको हो । वडाध्यक्षसँगको असमझदारीका कारण यसअघि २०७७ साल जेठ २८ गते र २०७६ साल पुस ७ गते वडा कार्यालयमा ताला लगाइएको थियो । वडा कार्यालयको भवन निर्माणकाक्रममा वडाध्यक्ष तामाङले आफुखुसी गरेको भन्दै चार वडा सदस्य एबं असन्तुष्ट स्थानीयले गत जेठ २८ गते वडा कार्यालयमा ताला लगाएका थिए । यस्तै, वडाध्यक्ष तामाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै २०७६ साल पुस ७ गते वडासदस्य जयकुमार तामाङले वडा कार्यालयमा ताला लगाएका थिए ।

    सम्बन्धित समाचार