Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    गाउँपालिकाका कर्मचारीलाई कम्प्युटर तालिम

    गाउँपालिकाका कर्मचारीलाई कम्प्युटर तालिम


    • मंगलवार, चैत्र १० २०७७

    • नेपाल वाइड


    गाउँपालिकाका कर्मचारीलाई कम्प्युटर तालिम
    तालिममा सहभागि जनाउदै पालिकाका कर्मचारीहरु । तस्बिर सौजन्य :

    खोटाङ । चैत्र १०, सरकारी कामकाजलाई सहज बनाउन खोटाङको साकेला गाउँपालिकाले आफ्ना कर्मचारीहरुलाई कम्प्युटर तालिम दिन सुरु गरेको छ । पालिकाको प्रत्येक शाखामा आईपर्ने समस्याको समाधान कर्मचारी आफैले गर्न सकुन् भन्ने उदेश्यका साथ सोमबारदेखि सिष्टम सफ्टवेयर सम्बन्धीको तालिमको आयोजना गरिएको हो ।

    तालिममा कार्यालयका विभिन्न शाखामा कार्यरत कर्मचारी तथा गाउँपालिकाभरीका स्वास्थ्यकर्मी सहित १७ जनाको सहभागिता रहेको छ । तालिममा कार्यालयमा आवश्यक पर्ने अत्यावश्यक कामहरु कम्प्युटरको माध्यमद्धारा गर्न, अफिस प्याकेजमा हुने सम्पूर्ण कार्य, नेटवर्किङ, डिजाईन र सिष्टम सफ्टवेयरको बारे तालिम प्रदान गरिरहेको सूचना प्रविधि अधिकृत यज्नकुमार बस्नेतले बताउनुभयो । सोमबारदेखि सुरु भएको तालिम एक हप्ता सम्म चल्नेछ ।

    पालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले तालिममा सहभागिहरुलाई तालिमबाट भरपूर उपलब्धी हाँसिल गर्न सुझाव दिएका छन् । सूचना प्रविधि अधिकृत यज्नकुमार बस्नेत, रोजगार संयोजक प्रविण पोखरेल र एमआईएस अपरेटर डिएम चाम्लिङ राईले तालिमको सहजिकरण गरिरहेका छन् ।

    त्यसैगरी, गाउँपालिकाका सबै वडालाई अनिवार्य रुपमा अनलाईनबाट सञ्चालन गर्नका लागि दोश्रो चरणमा वडाका वडा सचिव र कम्प्युटर श्रोत शिक्षकलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी कम्प्युटर तालिमको तयारी गरिएको छ । उक्त तालिम करीव एक हप्तापछि सुरु गरिने गाँउपालिकाले जनाएको छ ।

    यता, साकेला गाउँपालिकाको सबै वडामा राष्ट्रिय परिचयपत्र बनाउने उदेश्यका साथ मंगलबारदेखि विवरण लिन थालिएको छ । पाँच वडा रहेको गाउँपालिकामा ११ वटा स्टेशनबाट दर्ता संकलन गर्ने कार्य सुरु भईरहेको गाउँपालिकाका अध्यक्ष अर्जुन कुमार खड्काले बताउनुभयो ।

    सम्बन्धित समाचार