Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

    खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला


    • बिहिवार, बैशाख २ २०७८

    • नेपाल वाइड


    खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला
    सांकेतिक तस्बिर

    गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२, खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

    खोल्साको छेउमा खुट्टा बाँधेर ढुंगाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । शवको पहिचान भएको छैन ।

    शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुन सक्ने स्थानीयवासीको अनुमान रहेको छ । रासस

    सम्बन्धित समाचार