Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ज्येष्ठ नागरिक भेटघाट तथा सम्मानमा नेविसंघका सचिव राई

    ज्येष्ठ नागरिक भेटघाट तथा सम्मानमा नेविसंघका सचिव राई


    • बिहिवार, बैशाख ९ २०७८

    • नेपाल वाइड


    ज्येष्ठ नागरिक भेटघाट तथा सम्मानमा नेविसंघका सचिव राई
    ज्येष्ठ नागरिक भेटघाट तथा सम्मानमा नेविसंघका सचिव राजदेस राई ।

    खोटाङ । बैसाख ८, नेपाल विद्यार्थी संघ खोटाङका सचिव राजदेस राईले ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका राईले आफ्नो स्वर्गीय हजुरबा जसध्वज (जन्तरे) राई, हजुरमा चन्द्रकुमारी राई र आमा शुभकुमारी राईको स्मृतिमा खडा गरिएको अक्षय कोषबाट ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरेका हुन् ।

    स्वर्गीय हजुरबा, हजुरमा र आमाको स्मृतिमा स्थापना गरिएको जसध्वज–चन्द्र–शुभ स्मृति अक्षय कोषबाट जेहेन्दार, गरिब, दलित र अपांग विद्यार्थीलाई छात्रबृत्ति पदान गर्ने गरेका नेविसंघका नेता राईले यसपल्ट ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम थप गरेका हुन् ।

    ५१ हजार १११ रुपैयाँ राशीको अक्षय कोषबाट आउने व्याजबाट सचिव राईले मंगलबारदेखि बतासेका घर–घरमा पुगेर ज्येष्ठ नागरिकलाई खादा ओढाएर, सम्मान–पत्र प्रदान गर्दै जुस खुवाउन सुरु गरेका हुन् । ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम बिहिबारसम्म जारी रहने छ ।

    कोषमार्फत बतासेका ६० जना ज्येष्ठ नागरिकलाई प्रत्यक्ष भेटघाट गर्दै सम्मान गर्ने कार्यक्रम तय गरिएको नेविसंघका सचिव राईले बताए । पछिल्लो पुस्तालाई मार्गदर्शन गर्नमा पुर्‍याएको योगदानको कदर गर्दै ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम राखेको जसध्वज–चन्द्र–शुभ स्मृति अक्षय कोषले जनाएको छ । नियमित कार्यक्रम अन्तरगत जेहेन्दार, गरिब, दलित र अपांग विद्यार्थीलाई केही समयपछि छात्रबृत्ति प्रदान गर्ने सचिव राईले बताए ।

     

    सम्बन्धित समाचार