बिहिवार, बैशाख ९ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ९, चट्याङ लाग्दा खोटाङमा एकको मृत्यु भएको छ । बिहिबार पानीसँगै परेको चट्याङले लाग्दा दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ६६ वर्षीय अगमबहादुर राईको मृत्यु भएको हो ।
छोरी ज्वाईको घरमा बसिरहेको अवस्थामा राईलाई चट्याङले लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । उनको घट्नास्थलमै मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।