आइतवार, बैशाख १२ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख १२, २०७२ साल बैसाखमा गएको भूकम्पका कारण घर बिहिन बनेका खोटाङका साँढे ७ हजारभन्दा बढि लाभग्राहीले तेश्रो किस्ता वापतको अनुदान बुझेका छन् । पुःननिर्माणतर्फ ९ हजार ३१० र प्रवलीकरणतर्फ ९७१ गरी १० हजार २८१ लाभग्राही पहिचान गरिएको जिल्लामा ७ हजार ७८३ लाभग्राहीले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय खोटाङले जनाएको छ ।
गोरखा भूकम्पको छैठौं स्मृति दिवसको अवसरमा राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालयले आइतबार दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रीय कार्यक्रममा हालसम्ममा पुःननिर्माणतर्फ ९ हजार ६८ र प्रवलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ लाभग्राहीसँग सम्झौता गरिएकामा जिल्लामा हालसम्म पुःननिर्माणतर्फ ८ हजार ८९२ लाभग्राहीले दोश्रो किस्ता बुझेको जानकारी दिइएको छ ।
यस्तै, पुःननिर्माणतर्फ ९ हजार ६८ घर र प्रवलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ लाभग्राहीले पहिलो किस्ता बुझेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार खोटाङका नासु एबं सूचना अधिकारी मणिराम ढकालले जानकारी दिए ।
२०७२ साल बैसाख १२ गते गएको भूकम्पपछिको पुःननिर्माणकाक्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ९६१ लाभग्राहीले दोश्रो किस्ता र १ हजार १०९ लाभग्राहीले तेश्रो किस्ता लिएका छैनन् । कुल लाभग्राहीमध्ये पुःननिर्माणतर्फ २४२ र प्रवलीकरणतर्फ १८६ लाभग्राहीले हालसम्म सम्झौता नै नगरेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार खोटाङका नासु एवं सूचना अधिकारी ढकालले जानकारी दिए ।
निजी आवास पुःननिर्माणकाक्रममा खोटाङमा एक जना लाभग्राहीले पहिलो किस्ता वापतको ५० हजार अनुदान फिर्ता गरेका छन् । यस्तै दोहोरो भुक्तानी लिएका ३ जना लाभग्राहीले १ लाख ५० हजार फिर्ता गरेको छन् । प्राधिकरणका अनुसार डमी खातामा आवास अनुदान जम्मा गरिदिए पनि लामो समयसम्म निकासा नलिएका १५३ लाभग्राहीमध्ये ११५ लाभग्राहीको ६० लाख अनुदान फिर्ता गरिएको छ ।
यस्तै, पुरानो प्रावधान अनुसार २० र नयाँ प्रावधान अनुसार ५२४ लाभग्राहीलाई प्रवलीकरणबाट पुःननिर्माणमा परिवर्तनका लागि सिफारिस गरिएको छ । यस्तै, भूमिहिन लाभग्राही ५ जनामध्ये ४ लाभग्राहीलाई जग्गा खरिदका लागि २/२ लाख प्रदान गरिएको र जोखिम बर्गका ३९ लाभग्राहीमध्ये ३७ लाभग्राहीसँग सम्झौता भइसकेको ढकालले बताए ।
कार्यक्रममा कन्सल्टेन्ट ईन्जिनियर चञ्चलकुमार झाले राष्ट्रिय पुःननिर्माण प्राधिकरणको अनुदानमा कालोपत्रेका काम भइरहेको दिक्तेल–खानीडाँडा–आहाले सडकको प्रगतीका विषयमा जानकारी दिएका छन् । गुम्बा पुःननिर्माण सम्वन्धी प्रगतीका विषयमा प्राधिकरणकाक ईन्जिनियर अर्जुन रावलले जानकारी गराएका छन् ।
यस्तै, सामाजिक विज्ञ सुरेन्द्रकुमार लिम्बू र वातावरणविद लोकेन्द्र सुव्वाले आवास निर्माण सम्वन्धी वातावरण तथा सामाजिक सुरक्षण कार्यक्रमको प्रगतीको बारेमा जानकारी गराएका छन् ।