Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगलागी भएको फर्निचर उधोगलाई वाणिज्य संघको राहत

    आगलागी भएको फर्निचर उधोगलाई वाणिज्य संघको राहत


    • आइतवार, बैशाख १२ २०७८

    • नेपाल वाइड


    आगलागी भएको फर्निचर उधोगलाई वाणिज्य संघको राहत
    अग्नी पीडित उधोगीलाई राहत प्रदान गर्दै खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई लगायत ।

    खोटाङ । बैशाख १२, खोटाङ, खोटाङ उधोग वाणिज्य संघले आगलागीबाट विस्थापित गणेश फर्निचर उधोगलाई राहत प्रदान गरेको छ । उधोगी र व्यवसायीहरुको छाता संगठन संघले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कमा अवस्थित उधोगलाई राहत प्रदान गरेको हो ।

    आईतबार वाणिज्य संघका अध्यक्ष उपिन कुमार राईले उधोगका प्रोपाईटर हर्कराज राईलाई घरमै पुगेर एक लाख राहतको चेक प्रदान गरेका छन् । राहत प्रदानका लागि संघका अध्यक्ष राई, निवर्तमान अध्यक्ष राजेन्द्र लयालु, वरिष्ठ उपाध्यक्ष समुन्द्र प्रसाद जोशी, महासचिव मनोज कुमार वजिमय, सचिव तुङ्ग विक, कोषाध्यक्ष युधिर शाक्य, सचिवालय सदस्य विजय श्रेष्ठ र होटल व्यवसायी संघका अध्यक्ष जेपी राई पीडित उधोगीको घर पुगेका थिए ।

    संघले स्थापना गरेको राहत कोषबाट आगलागीबाट भएको क्षतिको आधारमा राहत प्रदान गरिने नियम अनुसार राहत प्रदान गरिएको संघका महासचिव वजिमयले जानकारी दिए । संघल आफ्नो सदस्यहरुलाई प्राकृतिक विपद्मा राहत प्रदान गर्दै आएको छ । आगलागीबाट विस्थापित उधोगीलाई यसअघि सौन्दर्य कला व्यवसायी संघले १० हजार २० रुपैयाँ र माटिकोरे टोलबासीले २५ हजार ६५० रुपैयाँ राहत प्रदान गरिसकेको छ ।

    ३१ चैतमा उधोगमा आगलागी हुंदा काठले बारेको टिनको छानो भएको एक तले उधोग घर, उधोगमा तयारी अवस्थामा रहेको १० लाखको फर्निचर सामग्री, ९० हजारको एक वटा जेनेरेटर, ८० हजारको कटर मेसिन, २१ हजारको खराट मेसिन, १ लाख २५ हजारको हाते मेसिन, ३ लाख ७५ हजारको पात्ले, उतिस, सल्लाको काठपात, २० हजारको स्थानीय कुखुरा जल्दा ५० लाख ८६ हजारको क्षति भएको थियो । विधुत सर्ट भई आगलागी भएको आँकलन गरिए पनि घट्नालाई संकास्पद रुपमा लिईएको छ ।

     

     

     

    सम्बन्धित समाचार