Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    किशोरीको एकल प्रयासमा सेनीटरी प्याड बनाउने तालिम

    किशोरीको एकल प्रयासमा सेनीटरी प्याड बनाउने तालिम


    • आइतवार, बैशाख १२ २०७८

    • नेपाल वाइड


    किशोरीको एकल प्रयासमा सेनीटरी प्याड बनाउने तालिम
    घरेलु प्याड बनाउने तालिममा सहभागी छात्रासँग कविता वन (कालो ज्याकेट) ।

    खोटाङ । बैसाख १२, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी १६ वर्षीय किशोरी कविता वनले सेनीटरी प्याड बनाउने तालिम सञ्चालन गरेकी छन् । हाल कक्षा १२ मा अध्ययनरत कविताले आइतबार एकल प्रयासमा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित शिशु माबिमा सेनीटरी प्याड बनाउने तालिम सञ्चालन गरेकी हुन् ।

    आफुले सिकेको सिप बाँड्नेक्रममा कविताले शिशु माविमा कक्षा ७ देखि कक्षा १० मा अध्ययनरत ३७ छात्रालाई घरेलु सामग्री प्रयोग गरेर सेनीटरी प्याड बनाउने र प्रयोग गर्ने विधि सिकाएकी छन् । कविताले नरम कपडाबाट सियो धागोकै भरमा उपयोगी सेनीटरी प्याड बनाउन सिकाउने गरेकी छन् ।

    वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को आर्थिक सहयोगमा ग्रामिण युवा शसक्तीकरण तथा अनुसन्धान केन्द्र राखाबांदेलले ऐसेलुखर्कमा गत माघ १२ गते सञ्चालन गरेको ‘लाईफ स्कील’ तालिम अन्तरगत सेनीटरी प्याड बनाउने तालिम लिएकी कविताले हाल गाउँपालिकाका विभिन्न स्थानमा आफ्नै पहल र प्रयत्नमा किशोरी तथा महिलालाई प्याड बनाउने सीप सिकाइरहेकी छन् ।

    कविताले यसअघि पहिलो चरणमा आफ्नै गाउँ रैकर टोलका दिदि, आमादेखि हजुरआमा उमेर समुहका २५ महिलालाई र दोश्रो चरणमा ५० जना किशोरीलाई प्याड बनाउने तालिम दिइसकेकी छन् । उनले आफ्ना साथीसंगीलाई पनि छुट्टै भेला गरेर प्याड बनाउने तालिम चलाएकी थिईन् । त्रिभुवन मावि ऐसेलुखर्कमा अध्ययनरत कविताले क्रमशः गाउँपालिकाका ८ वटै माविमा पुगेर छात्रालाई सेनीटरी प्याड बनाउने तालिम सञ्चालन गर्ने लक्ष्य राखेकी छन् ।

    प्याडको सहज प्रयोगको अभावमा गाउँघरमा महिलाको दिनचर्य असहज हुने गरेको तथ्यलाई ध्यानमा राखेर कविताले आफुले सिकेको सीप बाँड्न सुरु गरेकी हुन् । घरमा उत्पादन गरिएको प्याडलाई राम्ररी सफा गर्दै पुःन प्रयोगमा ल्याउन सकिने भएकाले उपयोगी हुने दावी गरिएको छ ।

    स्कुल अफ डेमोक्रेसी शाखा खोटाङको सदस्य समेत रहेकी कवितालाई प्याड बनाउने सीप सिकेर फर्किएका महिलाले भेटेकोबेला ‘धन्यावाद’ दिने गरेका छन् । कतिपयले महिनावारीका बेला सहज भएको भन्दै भेटेर खुसी व्यक्त गर्नेगरेका छन् ।

     

    सम्बन्धित समाचार