Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ढुंगा प्रहार गरी श्रीमतीको हत्या

    ढुंगा प्रहार गरी श्रीमतीको हत्या


    • बुधवार, बैशाख १५ २०७८

    • नेपाल वाइड


    ढुंगा प्रहार गरी श्रीमतीको हत्या
    सांकेतिक तस्बिर

    तुलसीपुर । दाङमा एक व्यक्तिले ढुंगा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुंगाले हानेर हत्या गरेका हुन् ।

    मंगलबार राति करिब ८ बजेतिर ढुंगाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ । फरार रहेका श्रीमान्को खोजी भइरहेको छ । विपनाकी चार वर्षीया छोरी छन् । रासस

    सम्बन्धित समाचार