Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना संक्रमणबाट सहकारीकर्मी अनिल जोशीको मृत्यु

    कोरोना संक्रमणबाट सहकारीकर्मी अनिल जोशीको मृत्यु


    • बिहिवार, बैशाख १६ २०७८

    • नेपाल वाइड


    कोरोना संक्रमणबाट सहकारीकर्मी अनिल जोशीको मृत्यु
    अनिल जोशी

    खोटाङ । बैसाख १६, कोभिड–१९ को संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल जोशीको मृत्यु भएको हो । केही समय अघि मात्र पोखरा पुगेका जोशीको बुधबार राती मृत्यु भएको आफन्तले बताएका छन् ।

    कोभिड–१९ ले संक्रमित भएपछि अध्यक्ष जोशी पोखराकै एक अस्पताल भर्ना भएका थिए । दिक्तेल निवासी जोशीलाई बिराटनगर पुगेर पोखरा जानेक्रममा कोभिड–१९ को संक्रमण भएको अनुमान गरिएको । संक्रमण भएपछि जोशीले दिक्तेलका आफन्तलाई फोनमार्फत संक्रमण भएको वारेमा जानकारी गराएका थिए ।

    व्यवसायी एवं सहकारीका अभियानकर्मी जोशीको निधनमा जिल्लाका राजनैतिक दलका नेता, जनप्रतिनिधि, सहकारी एवं शुभेच्छुकले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिरहेका छन् ।

    सम्बन्धित समाचार