Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगलागी पिडित उद्यमीलाई राहत जुट्दै

    आगलागी पिडित उद्यमीलाई राहत जुट्दै


    • बिहिवार, बैशाख १६ २०७८

    • नेपाल वाइड


    आगलागी पिडित उद्यमीलाई राहत जुट्दै
    टोलबासीकातर्फबाट फर्निचर उद्योगी हर्कराज राईलाई राहत प्रदान गर्दै जीवनकुमार श्रेष्ठ लगायत ।

    खोटाङ । बैसाख १६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका टोलबासीले आगलागीमा फर्निचर उद्योग गुमाएका व्यवसायीलाई राहत प्रदान गरेको छ । रत्नपार्कका टोलबासीले गत चैत ३१ गते बिहान भएको आगलागीमा ५० लाख ८६ हजार बराबरको क्षती बेहोरेका गणेश फर्निचर उद्योगका सञ्चालक हर्कराज राईलाई राहत स्वरुप १ लाख ५ हजार ९३० रुपैयाँ सहयोग गरेका हुन् ।

    रत्नपार्कका १७७ जनाबाट संकलन गरिएको रकम बिहिबार टोलबासीकातर्फबाट जीवनकुमार श्रेष्ठले फर्निचर उद्योगका प्रोपाईटर राईलाई घरमा पुगेर हस्तान्तरण गरेका छन् । रत्नपार्कका स्थानीय राजु श्रेष्ठ, पर्शुराम थापा, मनोज राई, हरिहर श्रेष्ठ लगायतको उपस्थितिमा उद्योग सञ्चालक राईलाई राहत हस्तान्तरण गरिएको हो ।

    सहयोग रकम हस्तान्तरण गर्दै श्रेष्ठले रत्नपार्कबासी र अन्य सहयोगीबाट संकलन भएको सहयोग रकमले थोरै भए पनि विपदमा ईट्टा थप्ने काम गर्ने बताए । आगलागीमा फर्निचर उद्योग गुमाएका फर्निचर व्यवसायीलाई सहयोग जुट्नेक्रम जारी छ ।

    अग्नी पिडित फर्निचर व्यवसायी राईलाई गत बैसाख १२ गते उद्योग बाणिज्य संघ खोटाङले राहत स्वरुप १ लाख प्रदान गरेको थियो । यस्तै, दिक्तेलकै माटिकोरे टोलबासीले चन्दा उठाएर २५ हजार ६५० रुपैयाँ, सौन्दर्य कला व्यवसायी संघले १० हजार २० रुपैयाँ र खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले १० हजार राहत प्रदान गरेको थियो ।

    आगलागीमा टिनको छाना हालिएको काठले बारेको एक तले उद्योग घर, उद्योगमा भएका उपकरण, तयारी अवस्थाका फर्निचर, कच्चा काठ लगायत जलेर पूर्णरुपमा नष्ट भएको थियो ।

    आगलागीमा ४ थान कटर मेसिन, एक थान जेनेरेटर, खराट मेसिन, २५ थान हाते मेसिन, १० लाख बराबरको तयारी अवस्थाका फर्निचर, फर्निचरका सामान बनाउन राखिएको ३७ लाख ५० हजार बराबरको काठ, १२ वटा कुखुरा लगायत जलेर नष्ट भएको थियो । विद्युत सट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।

     

     

    सम्बन्धित समाचार