Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    फौजी किराको प्रकोप

    खोटाङको ज्यामिरेमा मकैमा फौजी किराको प्रकोप

    खोटाङको ज्यामिरेमा मकैमा फौजी किराको प्रकोप


    • बुधवार, बैशाख २२ २०७८

    • नेपाल वाइड


    खोटाङको ज्यामिरेमा मकैमा फौजी किराको प्रकोप
    फौजी किराको प्रकोप

    खोटाङ । बैसाख २२, खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेको सल्लेमा फैलिएको फौजी किराले मकैको बिरुवा सखाप बनाएको छ । केही समय अघिदेखि फैलिएको फौजी किराले हुर्कदै गरेको मकैको बिरुवा खाएर बिनास गरेको हो ।

    ज्यामिरेको तल्लो सल्ले, माथिल्लो सल्ले, काभ्रे र ज्यामिरेमा सबैभन्दा बढी फौजी किराको प्रकोप देखिएको छ ।  गोडमेल गरिसकेको र डेढदेखि दुई फिट अग्लो भएको मकैको बिरुवालाई फौजी किराले आक्रमण गरेको स्थानीय प्रभात राईले बताए ।

    फौजी किराले मकैको बोट पूर्णरुपमा खाएर बुट्याउने गरेको छ । एक ठाउँको मकै बाली खाइसकेपछि पुःन अर्को ठाउँमा फौजी किरा सर्ने गरेको किसानले बताएका छन् । फौजी किराले मकैको बिरुवा नाश पारेपछि किसान चिन्तित छन् ।

    मकैमा फैलिएको फौजी किरा नियन्त्रणका लागि सोमबार कृषि प्राविधिकलाई फिल्डमा खटाइएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । फिल्डमा पुगेका कृषि प्राविधिकले वितरण गरेको विषादि किसानले फौजी किरा प्रभावित क्षेत्रमा हालिरहेका छन् ।

    तत्कालका लागि गाउँपालिकाले ४/५ सय रोपनी क्षेत्रका मकैलाई पुग्ने विषादि पठाएको जनाएको छ । ज्यामिरेमा विगतका वर्ष पनि फौजी किराको प्रकोप फैलिएको थियो । विषादि हाल्दा सामान्य मात्रामा फौजी किरा नियन्त्रण हुने गरेको राईले बताए ।

    सम्बन्धित समाचार