आइतवार, बैशाख २६ २०७८
नेपाल वाइड
काठमाडौं । कञ्चनपुरमा ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका–१ स्थित पक्की पुल नजिकबाट १४ ग्राम ६९ मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेमदत्त भट्ट र बेतकोट नगरपालिका–२ बस्ने ३२ वर्षीय केशव खत्री रहेका छन् । म २ प ७१०० नम्बरको स्कुटरलाई इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।