Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा एकै परिवारका चार जनाले जिते कोरोना

    खोटाङमा एकै परिवारका चार जनाले जिते कोरोना

    थप १० जनालाई कोरोना संक्रमण पूष्टी, संक्रमितको संख्या १२१ पुग्यो

    • शनिवार, जेठ १ २०७८

    • नेपाल वाइड


    खोटाङमा एकै परिवारका चार जनाले जिते कोरोना
    खोटाङ

    खोटाङ । जेठ १, खोटाङका चार संक्रमितले कोभिड–१९ को संक्रमणलाई जितेका छन् । कोभिड–१९ को संक्रमण पूष्टि भएपछि होम आइसोलेसनमा बसिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा अल्छेढुंगाका एकै परिवारका चार जनाले कोरोना संक्रमणलाई जितेका हुन् ।

    गत बैसाख २२ गते गरिएको एन्टीजेन परिक्षणमा गुरुङ थरका ३५ वर्षीय पुरुष, २० वर्षीय महिला, २८ वर्षीय पुरुष र २७ वर्षीय महिलाले कोरोना जितेका हुन् । शनिबार गरिएको एन्टीजेन परिक्षणमा एकै परिवारका चार जनाको एन्टीजेन रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए ।

    शुक्रबार पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक पूरुष कोरोना संक्रमणमुक्त भएका थिए । यससँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ पुगेको छ । निको भएका सबै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका हुन् ।

    थप १० जनालाई कोरोना संक्रमण पूष्टी

    यस्तै, खोटाङमा थप १० जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । शनिबार गरिएको एन्टीजेन परीक्षणमा हलेसी तुवाचुङ नगरपालिकामा ८ जना र ऐसेलुखर्क गाउँपालिकामा २ जनालाई संक्रमण पूष्टी भएको हो ।

    हलेसीमा २३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पूष्टी भएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए । हालसम्म ६ जना संक्रमणमुक्त हुँदा र १ जनाको मृत्यु हुँदा जिल्लामा सक्रिया संक्रमितको संख्या १२१ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४६ जना, हलेसी तुवाचुङ नगरपालिकामा २५ जना, साकेला गाउँपालिकामा २३ जना, ऐसेलुखर्क गाउँपालिकामा १३ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ४ जना सक्रिया संक्रमित छन् ।

    संक्रमितमध्ये १०६ जना होेमआइसोलेसनमा र १५ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन् । संस्थागत आइसोलेसनमा बसिरहेकामध्ये खोटेहाङ गाउँपालिकाका ३ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १ जनालाई अन्यत्र रेफर गरिएको जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामीछानेले बताए ।

    संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ ।

    सम्बन्धित समाचार