Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङका १० संक्रमितले जिते कोरोना

    खोटाङका १० संक्रमितले जिते कोरोना

    थप ८ जनालाई कोरोना संक्रमण पूष्टी

    • सोमवार, जेठ ३ २०७८

    • नेपाल वाइड


    खोटाङका १० संक्रमितले जिते कोरोना
    कोरोना संक्रमण जितेका स्थानीयलाई बिदाई गर्दै जिल्ला अस्पताल खोटाङका स्वास्थ्यकर्मी । तस्बिर सौजन्य : आनन्द लामीछाने

    खोटाङ । जेठ ३, खोटाङका १० संक्रमितले कोभिड–१९ को संक्रमणलाई जितेका छन् । सबैभन्दा बढि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७ संक्रमितले कोरोना संक्रमण जितेका छन् ।

    यस्तै, साकेला गाउँपालिकाका २ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनाले कोरोना संक्रमण जित्न सफल भएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए । कतियले होमआइसोलेसनमा बसेर तथा कतिपयले संस्थागत आइसोलेसन सेन्टरमा बसेर संक्रमण जितेका हुन् ।

    थप ८ जनालाई कोरोना संक्रमण पूष्टी

    यसैबीच, खोटाङमा थप ८ जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । सोमबार गरिएको एन्टीजेन परीक्षणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना र रावाबेँसी गाउँपालिकाका २ जनालाई संक्रमण पूष्टि भएको हो ।

    सोमबार दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार १० जना संक्रमित निको हुँदा र एक जनाको मृत्यु हुँदा हाल जिल्लामा संक्रिय संक्रमितको संख्या १३५ रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामीछानेले बताए ।

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५१ जना, हलेसी तुवाचुङ नगरपालिकामा २८ जना, साकेला गाउँपालिकामा २१ जना, ऐसेलुखर्क गाउँपालिकामा १५ जना, खोटेहाङ गाउँपालिकामा ९ जना, रावाबेँसीमा ५ जना, जन्तेढुंगा गाउँपालिकामा ४ जना र केपिलासगढी गाउँपालिकामा २ जना सक्रिया संक्रमित छन् । \

    सक्रिय संक्रमितमध्ये ११७ जना होमआइसोलेसनमा र १८ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । संक्रमितमध्ये ५ जनालाई अन्यत्र रेफर गरिएको लामीछानेले बताए । जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ ।

    सम्बन्धित समाचार