Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    लकडाउन उल्लङ्घन गर्नेलाई कारवाही गर्दै प्रहरी

    लकडाउन उल्लङ्घन गर्नेलाई कारवाही गर्दै प्रहरी


    • मंगलवार, जेठ ४ २०७८

    • नेपाल वाइड


    लकडाउन उल्लङ्घन गर्नेलाई कारवाही गर्दै प्रहरी
    प्रतिकात्मक तस्बिर

    महेन्द्रनगर । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ ।

    गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

    “लकडाउन उल्लङ्घन गर्नेदेखि सरकारले स्वास्थ्य सतर्कता अपनाउन तोकिएको मापदण्डविपरीत गर्ने दुग्ध उद्योगदेखि विवाहका जन्तीसम्मलाई कारवाही गरिएको छ”, प्रवक्ता थापाले भने, “लकडाउन पालना गर्न जिल्लाभर प्रहरी सक्रियरूपमा लागिपरेको छ ।”

    उनले महेन्द्रनगरमा दुग्ध उद्योगमा मदिरा बिक्री गरिरहेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिनुका साथै स्वास्थ्य सुरक्षा सतर्कता नपनाएको भन्दै यहाँस्थित बिबीमार्टका दुई जनालाई कारवाही गरिएको बताए ।

    “मार्टका दुई जनालाई सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत प्रमुख जिल्ला अधिकारीले रु ६०० का दरले जरिवाना गर्नुभएको छ”, थापाले भने, “लकडाउन पालना नगर्ने पैदलयात्रीलाई होल्डमा राख्ने अभियान नै चलेको छ ।” उनले कोरोनाको दोस्रो लहर शुरु हुनु अघिदेखि नै यहाँ प्रहरीले मास्कलगायतका स्वास्थ्य सुरक्षामा ध्यान नदिने व्यक्तिलाई जरिवाना गर्दै आएको जानकारी दिए ।

    सम्बन्धित समाचार