Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    एकै दिन ७ हजार ९ सय ८९ सङ्क्रमित निको भए

    एकै दिन ७ हजार ९ सय ८९ सङ्क्रमित निको भए


    • बुधवार, जेठ ५ २०७८

    • नेपाल वाइड


    एकै दिन ७ हजार ९ सय ८९ सङ्क्रमित निको भए
    कोरोना जितेका संक्रमितलाई फूलको गुच्छासहित विदाई गर्दै नर्स श्रृष्टी यादव । तस्बिर सौजन्य:आनन्द लामीछाने

    काठमाण्डाै । गएको २४ घण्टामा नेपालमा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    आज पुष्टि भएका सङ्क्रमित मध्ये दुई हजार चार सय ८६ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।  यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई सय ४६ जनाको ज्यान गएको छ । 

     

    सम्बन्धित समाचार