Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रहरीलाई बाणिज्य संघ खोटाङको मास्क र सेनिटाइजर

    प्रहरीलाई बाणिज्य संघ खोटाङको मास्क र सेनिटाइजर


    • शनिवार, जेठ ८ २०७८

    • नेपाल वाइड


    प्रहरीलाई बाणिज्य संघ खोटाङको मास्क र सेनिटाइजर
    प्रहरीलाई मास्क र सेनिटाइजर प्रदान गर्दै उद्योग बाणिज्य संघको टोली ।

    खोटाङ । जेठ ८, उद्योग बाणिज्य संघ खोटाङले मध्यपहाडी लोकमार्ग आसपासमा रहेका प्रहरीचौकीका प्रहरीलाई मास्क र सेनीटाइजर प्रदान गरेको छ ।

    आफ्नो ज्यान जोखिममा राखेर मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम सडक खण्डका विभिन्न स्थानमा नागरिकको स्वास्थ्य सुरक्षार्थ खटिएका प्रहरीलाई बाणिज्य संघले करिब तीन/तीन सय मास्क र एक/एक बोत्तल सेनीटाइजर प्रदान गरेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, सामुदायीक सेवा केन्द्र, प्रहरीचौकी नुनथला, प्रहरीचौकी अर्खौले, ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी च्यास्मीटारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए ।

    बाणिज्य संघले सामाजिक उत्तरदायित्व वहन गर्नेक्रममा अग्रभागमा खटिएका प्रहरीको स्वास्थ्य सुरक्षाका लागि सुरक्षा सामग्री प्रदान गरेको हो । जिल्ला प्रहरी कार्यालयलाई पनि मास्क प्रदान गर्ने तयारी गरिएको बाणिज्य संघले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार