Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    क्याप्टेन रिजालले आफ्नै खर्चमा दिए स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री

    क्याप्टेन रिजालले आफ्नै खर्चमा दिए स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री


    • सोमवार, जेठ १० २०७८

    • नेपाल वाइड


    क्याप्टेन रिजालले आफ्नै खर्चमा दिए स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री
    स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै क्याप्टेन सुवास रिजाल ।

    खोटाङ । जेठ १०, हवाई क्याप्टेन सुवास रिजालले स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री उपलव्ध गराएका छन् । खोटेहाङ गाउँपालिकाको सावाकटहरे मावली घर र बिराटनगर घर भएका क्याप्टेन रिजालले व्यक्तिगत खर्चमा सोमबार स्वास्थ्य कार्यालयलाई ५० हजार १०० बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

    क्याप्टेन रिजालले स्वास्थ्य कार्यालयलाई १० थान पल्स अक्सिमिटर, १५० ग्रामको १५० थान सेनीटाइजर, ५ सय ग्रामको २ थान सेनीटाइजर, १० थान थर्मोमिटर र थ्रि लेयरको २ हजार ५ सय थान सर्जिकल मास्क प्रदान गरेका हुन् ।

    कोभिड–१९ को महामारीका बेला स्वास्थ्य सामग्री अभावमा छटपटाइरहेका संक्रमितको सहयोगार्थ क्याप्टेन रिजालले नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति तिर्थराज भट्टराई र सावेन सचिवालय बबरमहल काठ्माण्डौंका शाखा अधिकृत उपेन्द्र पोखरेलमार्फत स्वास्थ्य कार्यालयका प्रतिनिधि कोल्चेन अधिकृत कृष्णबहादुर मल्ललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

    सामाजिक क्षेत्रमा सहयोग गर्दैआएका क्याप्टेन रिजालले काठ्माण्डौं चुच्चेपानीस्थित आफ्नै निवासमा कांग्रेस क्षेत्र नम्बर २ का सभापति भट्टराई लगायतको उपस्थितिमा स्वास्थ्य कार्यालयका प्रतिनिधि मल्ललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

    स्वास्थ्य सामग्रीको अभावमा छटपटाइरहेका संक्रमितको उपचारमा टेवा पुगोस् भन्ने उद्धेश्यले क्याप्टेन रिजालले आफ्नो गाँस कटाएर स्वास्थ्य सामग्री प्रदान गरेको बताएका छन् । क्याप्टेन रिजालले खोटेहाङ गाउँपालिकाका विभिन्न विद्यालयलाई शैक्षिक सामग्री उपलव्ध गराएर सहयोग गर्दैआएका छन् ।

    स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गर्ने भएपछि स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलसँग समन्वय गरेको कांग्रेस क्षेत्र नम्बर २ का सभापति भट्टराईले बताए ।

    सम्बन्धित समाचार