Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा मोटरसाईकल चोरीमा संलग्न दुई युवक पक्राउ

    खोटाङमा मोटरसाईकल चोरीमा संलग्न दुई युवक पक्राउ


    • बिहिवार, जेठ २० २०७८

    • नेपाल वाइड


    खोटाङमा मोटरसाईकल चोरीमा संलग्न दुई युवक पक्राउ
    प्रतिकात्मक तस्बिर

    खोटाङ । जेठ २०, जिल्ला प्रहरी कार्यालय खोटाङले मोटरसाईकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका सुबोध श्रेष्ठको बा ७२ प ४९६९ नम्बरको मोटरसाईकल चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले केपिलासगढी गाउँपालिका–३ बाँसपानीका २२ वर्षीय सरोज बिक र जुम्लाको गुठीचौंर गाउँपालिका–५ का २० वर्षीय राजेश खत्रीलाई पक्राउ गरेको हो ।

    बिकलाई जेठ १८ गते र खत्रीलाई जेठ १९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले जानकारी दिए ।

    बिश्वकर्मा र खत्रीमाथि जेठ १५ गते बुईपाकै पञ्चरदोबाटोबाट मोटरसाईकल चोरी गरेको अभियोग छ । मोटरसाईकल सहित पक्राउ परेका दुबै जना बिरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवयक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार