Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    निश्चित दिन तोकेर राहदानी जारी गरिने

    निश्चित दिन तोकेर राहदानी जारी गरिने


    • शुक्रवार, जेठ २१ २०७८

    • नेपाल वाइड


    निश्चित दिन तोकेर राहदानी जारी गरिने
    फायल तस्बिर

    काठमाण्डौ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लम्बिएसँगै राहदानी विभागले निश्चित दिन तोकेर सेवा दिने भएको छ । आज शुक्रबारदेखि ३१ गतेसम्मको लागि तोकिएको निषेधाज्ञाको समयमा स्वास्थ्य उपचार वा अन्य अत्यावश्यक कामको सिलसिलामा विदेश जानुपर्ने व्यक्तिले तोकिएको समयमा मात्र राहदानी बनाउन आउन सक्ने विभागले जनाएको छ ।

    जेठ २३ गते आइतबार, २५ गते मंगलबार, २७ गते बिहीबार र ३० गते शुक्रबारका दिन विभाग खुल्ला रहने छ । यी दिनमा बिहान ११ बजेदेखि दिउँसोको दुई बजेभित्र राहदानी बनाउनका लागि विभागमा जान पर्नेछ ।

    स्वास्थ्य उपचार वा अन्य अत्यावश्यक​ कामको सिलसिलामा विदेश जानुपर्ने व्यक्तिको बाहेक यो समयमा राहदानी जारी हुनेछैन । निषेधाज्ञाको समयमा कर्मचारीलाई कार्यालय आवतजावत गर्न समेत कठिनाइ हुने भएकाले निश्चित सेवा दिनका लागि निश्चित समय तोकिएको विभागले जनाएको छ ।

    सम्बन्धित समाचार