Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    आरोही युवराजले फहराए सगरमाथामा नाछिरिङको व्यानर

    आरोही युवराजले फहराए सगरमाथामा नाछिरिङको व्यानर


    • आइतवार, आषाढ ६ २०७८

    • नेपाल वाइड


    आरोही युवराजले फहराए सगरमाथामा नाछिरिङको व्यानर
    सगरमाथाको बाल्कोनीमा नाछिरिङ साखाम केन्द्रको व्यानर फहराउँदै युवराज नाछिरिङ । तस्बिर सौजन्य : किरात रदु नाछिरिङ साखाम केन्द्र

    खोटाङ । असार ६, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका हिमाल आरोही युवराज नाछिरिङले बिश्वको सर्वोच्च शिखर सगरमाथामा किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर फहराएका छन् ।

    हाल बुढानिलकण्ड नगरपालिका–१० आकाशेधारा निवासी नाछिरिङले मे ९ तारिखका दिन सगरमाथाको ८ हजार ५ सय मिटर उचाईमा चढेर किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर फहराएका हुन् ।

    २०७४ साल जेठ ९ गते हाड इन्टरनेसनल एभरेष्ट एक्सपिडिशन मार्फत सगरमाथाको सफल आरोहण गरेका नाछिरिङले यसपल्ट सगरमाथाको बाल्कुनीमा पुगेर किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर फहराएका हुन् ।

    आमादव्लम, आइसल्याण्ड, मेरापिक लगायतका हिमाल आरोहण गरिसकेका नाछिरिङ पुःन सगरमाथाको दोश्रो आरोहणका लागि किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर बोकेर आरोहणमा गएका थिए । तर, प्रतिकूल मौसमका कारण दोश्रोपल्ट सगरमाथाको शिर चुम्ने प्रयास भने असफल भएको नाछिरिङले बताए ।

    दोश्रो पल्ट सगरमाथाको शिखर पुग्ने प्रयास असफल भए पनि उनी ८ हजार ५०० मिटर उचाईमा संस्थाको व्यानर पहिलोपल्ट पुर्‍याउन सफल भएका छन् । किरात राई समुदायका पहिलो सगरमाथा आरोही युवराज किरात रदु नाछिरिङ साखाम केन्द्रको सल्लाहकार हुन् ।

    yubaraj climbs mt everest (ii) photo_khotang1.jpg
    सगरमाथाको बाल्कोनीमा नाछिरिङ साखाम केन्द्रको व्यानर फहराउँदै युवराज नाछिरिङ । तस्बिर सौजन्य : किरात रदु नाछिरिङ साखाम केन्द्र

    उनले सगरमाथाको बाल्कुनीमा संस्थाको व्यानर फहराएर नाछिरिङ राईको गौरवमय इतिहास बनाएको किरात रदु नाछिरिङ साखाम केन्द्रकी उपाध्यक्ष कमलकुमारी राईले बताईन् । एउटै टोलीका युवराज सहित सात नेपाली र सात जना विदेशी आरोहीमध्ये चार विदेशी र दुई नेपाली मात्र सगरमाथा शिखरमा पाइला राख्न सफल भएका छन् ।

    युवराज सहित पाँच नेपाली र तीन विदेशी भने प्रतिकूल मौसमका कारण ८ हजार ५०० मिटरबाटै ओर्लिएका हुन् । यसपल्ट आरोही नाछिरिङको गाला हिउँले खाएको छ ।

    उनले सन् २००९ मा मेरापिक, सन् २०१० मा आइसल्याण्ड पिक, सन् २०११ मा लबुछे पिक, सन् २०१८ मा आमादव्लम तथा भारतका स्टक ख्रांग्री लगायतका चुचुराको सफल आरोहण गरिसकेका छन् । सगरमाथा आरोही युवराज बाबु हेमबहादुर राई र आमा धनकुमारी राईका छोरा हुन् ।

    सम्बन्धित समाचार