आइतवार, आषाढ ६ २०७८
नेपाल वाइड
खोटाङ । असोज ६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देवीथान सामुदायीक वन क्षेत्रमा मन्दिर निर्माणका क्रममा पर्यावरण संरक्षणलाई ध्यान नदिइएको भन्दै वन तथा वातावरण मन्त्रालयमा उजुरी परेको छ ।
वन तथा वातावरणमा पर्ने अशरलाई बेवास्ता गर्दै सामुदायीक वन क्षेत्रमा देविथान मन्दिर निर्माण सुरु गरिएको भन्दै आइतबार डिभिजन वन कार्यालयमार्फत वन तथा वातावरण मन्त्रालय सिंहदरबार काठ्माण्डौंमा उजुरी परेको हो ।
निवेदकमा देवीथान सामुदायीक वनका उपभोक्ताहरु उल्लेख उजुरीमा सामुदायीक वन क्षेत्रभित्र भौतिक निर्माणको काम भइरहँदा वनको ठूलो ओखरको रुख सहितका रुख ढालेर अन्य बोट विरुवामा समेत क्षती पुगेको उल्लेख छ ।
वन तथा वातावरणमा प्रत्यक्ष असर पुग्नेगरी भइरहेको संरचना निर्माणको काम रोकेर वन ऐन अन्तरगत कारबाही गर्न माग गरिएको छ । उजुरीमा ‘वन क्षेत्रमा कसले संरचना निर्माण गरिरहेको र को बिरुद्ध उजुरी दिइएको हो’ भन्ने खुलाइएको छैन । उजुरीमा निवेदकहरुले आफ्नो नाम समेत उल्लेख गरेका छैनन् ।