Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङका १४ सय बढीले जिते कोरोना संक्रमण

    खोटाङका १४ सय बढीले जिते कोरोना संक्रमण

    सबै संक्रमितले कोरोना जित्दा बराहपोखरी गाउँपालिका भने संक्रमित मुक्त

    • आइतवार, आषाढ १३ २०७८

    • नेपाल वाइड


    खोटाङका १४ सय बढीले जिते कोरोना संक्रमण
    खोटाङ

    खोटाङ । असार १३, खोटाङका १ हजार ४२४ जनाले कोरोना संक्रमणलाई जितेका छन् । आइतबारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल १ हजार ७५७ जनालाई संक्रमण भएकामा १ हजार ४४२ जना संक्रमित निको भएका हुन् ।

    १० स्थानीय तह रहेको जिल्लामा १ हजार ४४२ जनाले संक्रमण जित्दा र ८ जनाको मृत्यु हुँदा हाल सक्रिया संक्रमितको संख्या २८८ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । जिल्लामा संक्रमण जित्नेको संख्या सक्रिया संक्रमितको संख्याभन्दा १ हजार १५४ ले बढि हुन पुगेको छ ।

    यद्यपी, हाल कोभिड–१९ को संक्रमण परीक्षणको दायरा भने साँघुरो पारिएको छ । गाउँ–गाउँमा संक्रमण फैलिरहँदा पर्याप्त मात्रामा पिसिआर र एन्टीजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ । अर्कातर्फ कतिपय सरकारी कार्यालयमै भिडभाड पनि बढ्न थालेको देखिएको छ ।

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५६१ जना, हलेसी तुवाचुङ नगरपालिकाका २०४ जना, रावाबेँसी गाउँपालिकाका ९८ जना, केपिलासगढी गाउँपालिकाका ५६ जना, ऐसेलुखर्क गाउँपालिकाका ११७ जना, जन्तेढुंगा गाउँपालिकाका ५७ जना, खोटेहाङ गाउँपालिकाका ५६ जना, साकेला गाउँपालिकाका १५७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १११ जना र बराहपोखरी गाउँपालिकाका २५ जनाले संक्रमण जितेका छन् ।

    जिल्लामा हालसम्म ६ हजार ८३ जनाको एन्टीजेन र १ हजार ८१६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७५७ जनालाई संक्रमण पूष्टि भएको हो । हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ११६ जना, हलेसी तुवाचुङ नगरपालिकामा २९ जना, रावाबेँसी गाउँपालिकामा १६ जना, केपिलासगढी गाउँपालिकामा २६ जना, ऐसेलुखर्क गाउँपालिकामा १६ जना, जन्तेढुंगा गाउँपालिकामा १३ जना, खोटेहाङ गाउँपालिकामा १३ जना, साकेला गाउँपालिकामा १२ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४७ जना सक्रिया संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । सबै संक्रमितले कोरोना जित्दा बराहपोखरी गाउँपालिका भने संक्रमित मुक्त बनेको छ ।

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म ३० स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० जना, हलेसी तुवाचुङ नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, खोटेहाङ गाउँपालिकाका १ जना, साकेला गाउँपालिकामा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् । संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन् ।

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना, रावाबेँसी गाउँपालिकामा १ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    हाल १९ जना जिल्ला बाहिरका अस्पतालमा रेफर गरिएको अवस्थामा छन् भने ९ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । हाल २७९ जना होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लाका ११ हजार ३६० जनाले पहिलो खोप र १ हजार ७१२ जनाले दोश्रो खोप लगाइसकेका छन् ।

    सम्बन्धित समाचार