बुधवार, आषाढ १६ २०७८
नेपाल वाइड
विराटनगर । प्रहरीले मोरङ वेलवारी नगरपालकिा वडा नं – १ माछा हटियाबाट लागुऔषध सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ का २५ वर्षीय रिकल कोइराला, २४ वर्षीय केशब गुरुङ, २७ वर्षीय विशाल गुरुङ र ३५ वर्षीय सुरज गुरुङ रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को. १७ प. ४७२ नम्बर र को.३० प.५६१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट कालो प्लास्टिक भित्र सेतो टेपले बेरी लुकाई छिपाई बोकेका विभिन्न ब्रान्डको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको छ ।