Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    अर्थ

    भ्रामक सूचनामा विश्वास नगर्नुहोस : राष्ट्र बैंक

    भ्रामक सूचनामा विश्वास नगर्नुहोस : राष्ट्र बैंक


    • बिहिवार, आषाढ १७ २०७८

    • नेपाल वाइड


    भ्रामक सूचनामा विश्वास नगर्नुहोस : राष्ट्र बैंक
    फायल तस्बिर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । बैंकले पछिल्लो समय आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकामा गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

    बैंकले आज विज्ञप्ति जारी गर्दै ती सूचनामा विश्वास नगर्न आग्रह गरेको हो । हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र कुनै पनि प्रकारको सूचना जानकारी तथा आव्हान फेसबुक पेजमार्फत नगरिएको राष्ट्र बैंकले जनाएको छ ।

    ‘हालसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र यसबाट बैंकको कुनै पनि सूचना तथा जानकारी नगरिएको व्यहोरा सबैलाई जानकारी गर्न चाहान्छौं’, विज्ञप्तिमा भनिएको छ ।

    अनाधिकृत रुपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोष्ट गराउनेलाई साइबर अबराधसम्बन्धी कानुन बमोजिम कारबाही गरिने बैंकले जनाएको छ । यसअघि बुधबार नेपाल बैंकर्स संघले आफ्नो बैंक खातासँग सम्बन्धित विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको थियो ।

    पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमार्फत् अनाधिकृत व्यक्तिले विवरण माग गरेर पैसा माग्ने वा पठाउन लगाउने क्रियाकलाप भइरहेको भन्दै संघले आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनै पनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको हो ।

    पछिल्लो समय विभिन्न पुरस्कार दिने तथा कोरोना बीमाको रकम आयो भन्दै बैंक खाता नम्बर माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग भइरहेको छ । रासस

    सम्बन्धित समाचार