सोमवार, आषाढ २१ २०७८
नेपाल वाइड
खोटाङ । असार २१, खोटाङका एक संक्रमित महिलालाई हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका ४४ वर्षीय संक्रमित महिलालाई आइतबार २ लाख ८० हजारमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र दिक्तेलको भवनमा स्थापना गरेको आइसोलेसन सेन्टरमा शनिबार भर्ना भएका महिलाको अक्सिजन लेवल डाउन भएपछि थप उपचारका लागि हेलीकोप्टर चार्टर गरेर अस्पताल पठाइएको हो ।
महिलाको हाल टिचिङ अस्पतालमा उपचार भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडासदस्य प्रकाश श्रेष्ठले बताए ।
खोटाङमा कोभिड–१९ को संक्रमण पूष्टि भएको अवस्थामा स्वास्थ्यमा गम्भीर समस्या देखिए तत्काल अस्पताल पुर्याउनका लागि लाखौंमा हेलीकोप्टर चार्टर हुने गरेको छ । जेठ ५ गते यता मात्र संक्रमितलाई अस्पताल लैजानका लागि यो सहित ७ पटक हेलीकोप्टर चार्टर भइसकेका छन् ।