Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    वायु सेवा निगमको कार्यालयमा तालाबन्दी

    वायु सेवा निगमको कार्यालयमा तालाबन्दी


    • मंगलवार, आषाढ २२ २०७८

    • नेपाल वाइड


    वायु सेवा निगमको कार्यालयमा तालाबन्दी
    फायल तस्बिर

    काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् । निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

    निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

    निगम सञ्चालक समितिले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गर्न सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो ।

    सम्बन्धित समाचार