Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बाढीले बगाउँदा एक युवक बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो

    बाढीले बगाउँदा एक युवक बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो


    • बुधवार, आषाढ २३ २०७८

    • नेपाल वाइड


    बाढीले बगाउँदा एक युवक बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो
    प्रतिकात्मक तस्बिर

    बलेवा । बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् । मङ्गबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो ।

    खोला छेउमा रहेको बाख्राफार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयवासीले बताएका छन् । “रातको समयमा बाख्रा जोगाउन खोला छेउमा पुगेका रहेछन्, त्यत्तिकैमा बाढी आएर खोरसँगै उसलाई बगाएको कुरा छ”, ताराखोलाका पुराना पत्रकार महेन्द्र घर्तीले भने, “राताखोलाका सबै ठाउँमा पहिरोले प्रभावित पारेको छ ।”

    पहिरोमा परी सम्पर्कविहीन रहेका कार्कीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए । बाढीले स्थानीयवासी चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । वर्षाका कारण ताराखोला–१ हिलको इदिटोलमा केही परिवार विस्थापित छन् । विवरण आउन बाँकी छ ।

    वडा नं २ अर्गलमा एक घर पुरिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बाढीसँगै खोलामा पानीको बहाव बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेपछि स्थानीयवासी त्रसित छन् । बजार क्षेत्रका २५ परिवारलाई गए राति नै सुरक्षित स्थानमा सारिएको छ । 

    उद्धारका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पुग्दै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

    सम्बन्धित समाचार