Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    मौसम

    चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


    • शनिवार, आषाढ २६ २०७८

    • नेपाल वाइड


    चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (आज विहान) देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    सम्बन्धित समाचार