Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङका १ हजार ६४० जनाले जिते कोरोना

    खोटाङका १ हजार ६४० जनाले जिते कोरोना


    • शनिवार, आषाढ २६ २०७८

    • नेपाल वाइड


    खोटाङका १ हजार ६४० जनाले जिते कोरोना
    खोटाङ

    खोटाङ । असार २६, खोटाङका १ हजार ६४० जनाले कोरोना संक्रमणलाई जितेका छन् । शनिवारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल २ हजार ७४ जनालाई संक्रमण भएकामा १ हजार ६४० जना संक्रमित निको भएका हुन् ।

    १० स्थानीय तह रहेको जिल्लामा १ हजार ६४० जनाले संक्रमण जित्दा र ९ जनाको मृत्यु हुँदा हाल सक्रिया संक्रमितको संख्या ४०२ जना रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । जिल्लामा संक्रमण जित्नेको संख्या सक्रिया संक्रमितको संख्याभन्दा १ हजार २३८ ले बढि हुन पुगेको छ । यद्यपी, हाल कोभिड–१९ को संक्रमण परीक्षणको दायरा भने साँघुरो पारिएको छ ।

    गाउँ–गाउँमा संक्रमण फैलिरहँदा पर्याप्त मात्रामा पिसिआर र एन्टीजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ । अर्कातर्फ कतिपय सरकारी कार्यालय, बजार तथा हाटबजारमा भिडभाड पनि बढ्न थालेको देखिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा पनि बेवास्ता गर्न थालिएको देखिएको छ ।

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६४९ जना, हलेसी तुवाचुङ नगरपालिकाका २२७ जना, रावाबेँसी गाउँपालिकाका १०५ जना, केपिलासगढी गाउँपालिकाका ८१ जना, ऐसेलुखर्क गाउँपालिकाका १२२ जना, जन्तेढुंगा गाउँपालिकाका ७० जना, खोटेहाङ गाउँपालिकाका ६८ जना, साकेला गाउँपालिकाका १७५ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ११८ जना र बराहपोखरी गाउँपालिकाका २५ जनाले संक्रमण जितेका छन् । जिल्लामा हालसम्म ६ हजार ९३८ जनाको एन्टीजेन र १ हजार ९०८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७४ जनालाई संक्रमण पूष्टि भएको हो ।

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १६३ जना, हलेसी तुवाचुङ नगरपालिकामा १४ जना, रावाबेँसी गाउँपालिकामा २४ जना, केपिलासगढी गाउँपालिकामा १६ जना, ऐसेलुखर्क गाउँपालिकामा ७० जना, खोटेहाङ गाउँपालिकामा ४९ जना, साकेला गाउँपालिकामा १४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ जना र बराहपोखरी गाउँपालिकामा ४ जना सक्रिया संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म ३३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ११ जना, हलेसी तुवाचुङ नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा ३ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, खोटेहाङ गाउँपालिकाका १ जना, साकेला गाउँपालिकामा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् । संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन् ।

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना, हलेसी तुवाचुङ नगरपालिकामा १ जना, रावाबेँसी गाउँपालिकामा १ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल २३ जना जिल्ला बाहिरका अस्पतालमा रेफर गरिएको अवस्थामा छन् । १६ जनाको संस्थागत र ३८६ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ ।

    सम्बन्धित समाचार