Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    विदाका दिन बिना पास चलाइएको चार वटा मोटरसाईकल प्रहरी नियन्त्रणमा

    विदाका दिन बिना पास चलाइएको चार वटा मोटरसाईकल प्रहरी नियन्त्रणमा


    • सोमवार, श्रावण ४ २०७८

    • नेपाल वाइड


    विदाका दिन बिना पास चलाइएको चार वटा मोटरसाईकल प्रहरी नियन्त्रणमा
    जिल्ला प्रहरी कार्यालय खोटाङ

    खोटाङ । साउन ४, जिल्ला प्रहरी कार्यालय खोटाङले सार्वजविक विदाका दिन बिना पास चलाइएको चार वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

    शनिबारका दिन बिना पास चलाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर स्वास्थ्य शाखाको को २ ब ९९७ नम्बरको, लोकसेवा आयोग शाखा कार्यालय खोटाङको प्र ३–२–१ ब १५३० नम्बरको, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय खोटाङको बा २ ब ७९७० नम्बरको र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको बा २ ब ८१९३ नम्बरको मोटरसाईकल नित्रयन्त्रणमा लिएको हो ।

    बिना पास सरकारी सवारी साधन चलाएर दुरुपयोग गरेको पाइएकाले जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

    नियन्त्रणमा लिइएको सरकारी सवारी साधनलाई आगामी दिनमा दुरुपयोग नगर्ने शर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएको छ । विदाका दिन पनि बिना पास सरकारी सवारी साधन चलाउने गरेको गुनासोकाबिच प्रहरीले त्यस्ता सवारी साधन नियन्त्रणमा लिएको हो ।

    सम्बन्धित समाचार