Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    लागुऔषध खैरो हेरोइन वडाध्यक्ष पक्राउ

    लागुऔषध खैरो हेरोइन वडाध्यक्ष पक्राउ


    • सोमवार, श्रावण ४ २०७८

    • नेपाल वाइड


    लागुऔषध खैरो हेरोइन  वडाध्यक्ष पक्राउ

    काठमाडौं । पर्साको पकाहा मैनपुर गाउँपालिका– १ वडाध्यक्ष 'अम्बिका' भनिने अमेरिका सहनीसहित तीनजना लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका छन् । 

    प्रहरीले उनीसँगै रहेका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय रामआदेश सहनीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

    वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेका उनीहरूलाई साउन ३ गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको हो ।

    इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार वडाध्यक्ष अमेरिकाले चलाएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै ७९ ग्राम लागुऔषध खैरो हेरोइन फेला परेको थियो । उनीसँगै वडा सदस्य बलिष्टर ना ६२ प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदैथिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर आएका थिए । 

     

     

    सम्बन्धित समाचार