Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    एमालेले सोध्यो २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण

    एमालेले सोध्यो २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण


    • सोमवार, श्रावण ४ २०७८

    • नेपाल वाइड


    एमालेले सोध्यो २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण

    काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार ललितपुरको च्यासलमा भएको केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    आइतबार प्रधानमन्त्री देउवाले संसदमा पेश गरेको विश्वासको प्रस्तावमा एमालेका नेपालसहित २२ सांसदले पक्षमा मत दिएका थिए । एमाले सांसदको पनि मत पाएपछि देउवाको पक्षमा कुल १६५ मत प्राप्त भएको थियो ।

    यस्तै, दशौँ केन्द्रीय कमिटी बैठकमा परिणत भएको बैठकले विघटित कार्यदलले पेश गरेको पार्टी एकताको १० बुँदे सहमति समेत अनुमोदन गरेको छ ।

    सम्बन्धित समाचार