Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    कृषि

    खोटाङमा ९५ प्रतिशत रोपाई सकियो

    खोटाङमा ९५ प्रतिशत रोपाई सकियो


    • आइतवार, श्रावण १० २०७८

    • नेपाल वाइड


    खोटाङमा ९५ प्रतिशत रोपाई सकियो
    खोटाङको खार्मीस्थित तापखोला किनारमा रहेको खेतमा धान रोप्दै महिला । फाईल तस्बिर :

    खोटाङ । साउन १०, खोटाङमा हालसम्म ९५ प्रतिशत रोपाई सकिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाई हुँदैआएकामा आइतबारसम्ममा १२ हजार २९३ हेक्टरमा रोपाई सकिएको हो ।

    यस वर्ष बेलादेखि पर्याप्त वर्षा भएका कारण तिव्र गतिमा रोपाई भएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

    लेकाली क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतका अलि उच्च भू–भागमा रोपाई सम्पन्न भइसकेको छ ।

    जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका लगायतका पालिकाको बेँसी क्षेत्रमा मात्र हाल रोपाई भइरहेको कृषि प्रसार अधिकृत पण्डितले बताए ।

    कोभिड–१९ को महामारीका बिचमा पनि किसानलाई आ–आफ्नो खेतमा धान रोप्न भ्याइ–नभ्याइ छ । जिल्लामा कुल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा धान लगाउने गरिएको छ ।

    सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाई हुने गरे पनि सिञ्चित र असिञ्चित प्रकारको खेतमा वर्षा भएपछि मात्र रोपाई हुने गरेको छ ।

    सिञ्चित खेतमा जुनसुकै समयमा रोपाई गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाई हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् । जिल्लामा अटेमार्सी, मकवानपुरे, ताइचिन, रनजित लगायतका प्रजातीका धान रोप्ने गरिन्छ ।

     

    सम्बन्धित समाचार