Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्वास्थ्य

    दुर्गममा हेलीकोप्टर नै एम्बूलेन्स !

    दुर्गममा हेलीकोप्टर नै एम्बूलेन्स !


    • सोमवार, श्रावण ११ २०७८

    • नेपाल वाइड


    दुर्गममा हेलीकोप्टर नै एम्बूलेन्स !
    ब्लड प्रेसरको समस्याले सिकिस्त बनेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका छत्रबहादुर परियारलाई हेलीकोप्टरबाट काठ्माण्डौं पठाइदै । तस्बिर सौजन्य : बाजिन्द्र बिष्ट

    खोटाङ । साउन ११, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका छत्रबहादुर परियार साउन १० गते ब्लड प्रेसरको समस्याले ढले । प्रेसरले अचेत भएका परियारलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पुर्‍याइए ।

    तर, प्राथमिक स्वास्थ्य केन्द्रमा प्रेसरको सामान्य बाहेकका उपचार सम्भव थिएन । परियारलाई तत्काल सुविधा सम्पन्न अस्पताल लैजानका लागि हेलीकोप्टर चार्टर गरियो । परियारलाई अस्पताल लैजानका लागि ऋणपान गरेर १ लाख ७५ हजारमा हेलीकोप्टर चार्टर गरिएको कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टले बताए ।

    हेलीकोप्टरबाट टिचिङ अस्पताल महाराजगञ्जमा लगिएका परियारलाई पुःन रेफर गरेपछि सर्वाङ्ग सदन अस्पताल ललितपुरको आइसियू कक्षमा पुर्‍याइए । यद्यपी, उनलाई बचाउने प्रयास विफल भएको छ ।

    यस्तै, मुटुको समस्या बल्झिएपछि जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठलाई साउन ३ गते १ लाख ८५ हजारमा हेलीकोप्टर चार्टर गरेर शहीद गंगाला हृदयरोग केन्द्र बाँसबारीमा लगियो । तत्काल एम्बूलेन्सबाट अस्पताल लैजाने अवस्था नभएपछि वडाध्यक्ष श्रेष्ठलाई अस्पताल लैजानेक्रममा १ हेलीकोप्टर चार्टर गर्नु परेको थियो ।

    यही केही उदाहरण हुन् । जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा र सडकको खराव अवस्थाका कारण जिल्लाका बिरामी र उसका आफन्त अस्पतालसम्म पुग्नकालागि महंगो भाडा तिरेर हेलीकोप्टर चार्टर गर्न बाध्य छन् ।

    हेलीकोप्टर चार्टर गर्न सक्ने वा ऋण पान जुटाउन सक्नेहरु सुबिधा सम्पन्न अस्पतालसम्म पुग्छन्, नहुनेहरुले अस्पताल देख्नसम्म पाउँदैनन् । यकिन तथ्यांक छैन तर जिल्लामा वर्षेनी दर्जनौं बिरामीलाई हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं वा बिराटनगर पठाउने गरिएको छ ।

    अस्पताल पुग्नकालागि मात्र दुई लाखदेखि तीन लाखको हाराहारीमा खर्च गर्नुपर्ने वाध्यताले आर्थिक अवस्था कमजोर भएका परिवार ऋणमा डुव्न वाध्य बनेको कांग्रेस नेता बिष्टले बताए । हालसम्म यसको दिर्घकालिन समाधानका लागि जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाको स्तरोन्नतीतर्फ जिल्लाका नेतृत्व वर्गको पर्याप्त ध्यान पुग्न सकेको स्थानीयको गुनासो छ ।

    सम्बन्धित समाचार