Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ‘बाकसभरी पैसा ल्याउछु भन्थे, आफै बाकसभित्र फर्किए’

    ‘बाकसभरी पैसा ल्याउछु भन्थे, आफै बाकसभित्र फर्किए’


    • मंगलवार, श्रावण १२ २०७८

    • नेपाल वाइड


    ‘बाकसभरी पैसा ल्याउछु भन्थे, आफै बाकसभित्र फर्किए’
    साउदीअरवमा ज्यान गुमाएका धनसेर राईको दाहसंस्कार गर्नेक्रममा उनका बाबुआमाका साथमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई लगायत ।

    खोटाङ । साउन १२, विदेसिने नागरिकको सपना हुन्छ, धेरै पैसा कमाउने अनि परिवारलाई सुख शयलका साथ पाल्ने । छोराछोरीलाई उचित शिक्षादिक्षा दिलाउने । प्रवासमा दश नंग्रा खियाउँदा कतिपयको सपना पुरा हुन्छन् पनि ।

    तर, कतिपयको सपना विचैमा भताभुंग बन्न पुग्छ । बैदेसिक रोजगारीका क्रममा साउदीअरेबिया पुगेका हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले फोक्टीका धनसेर राईको सपना त्यसरी नै सँधैका लागि भताभुंग बनेको छ । बाकसभरी सम्पत्ती लिएर आउने सपनामा विदेसिएका राई स्वयंलाई बाकसभित्र मृत फर्काइएका छन् ।

    धनसेर अल आइडर कम्पनीमा लेवरको काम गर्न २०७५ साल जेठ ९ गते साउदीअरेबिया पुगेका थिए । काम गर्नेक्रममा छातीमा सामान्य आगोले पोलेको निहुमा अस्पताल भर्ना भएका उनको उपचारकैक्रममा मृत्यु भएको आफन्तको भनाई छ ।

    राहदानी नम्बर ०६१५८३९२ भएका धनसेर दुई वर्षका लागि साउदीअरब पुगेका थिए । गत जेठ १९ गते मृत्यु भएका राईको शव त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल हुँदै गाउँमा ल्याएर दाहसंस्कार गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

    मृतक धनसेर राईका श्रीमती, एक छोरा र एक छोरी छन् । वृद्धवृद्धावस्थाका आमा बुवा छन् । सुन्दर भविष्यको सपना बोकेर विदेश पुगेका छोरा बाकसमा आउँदा ९० वर्ष पार परेका बाबुआमा उत्तिकै मर्माहत देखिन्थे ।

    ‘कमाउन गएका घरमुली वितेपछि एउटा परिवारको विचल्नी त हुने नै भए,’ मेयर राईले भने, ‘सुन्दर भविष्यको सपना सजाएर विदेश गएका छोराको शव बाकसमा आउँदा वृद्धवृद्धा अवस्थाका बाबुआमा टुलुटुलु हेर्दै आफ्नो भाग्यलाई सराप्दै गरेको दृश्या उत्तिकै दर्दनाक देखियो ।’ वैदेसिक रोजगारीका सिलसिलामा विदेश पुग्ने जिल्लाका दर्जनौं कामदारले वर्षेनी अकालमा ज्यान गुमाउने गरेको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ ।

    सम्बन्धित समाचार