Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    तीन किलो यार्सागुम्बासहित एकजना पक्राउ

    तीन किलो यार्सागुम्बासहित एकजना पक्राउ


    • बिहिवार, श्रावण १४ २०७८

    • नेपाल वाइड


    तीन किलो यार्सागुम्बासहित एकजना पक्राउ
    फायल तस्बिर

    काठमाडौं । दार्चुलामा तीन किलो यार्सागुम्बासहित एकजना पक्राउ परेका छन् । दुहु गाउँपालिका–३, तिमुरपाटाबाट तीन केजी अवैध जडीबुटी यार्सागुम्बासहित व्यास गाउँपालिका–३, सिना बस्ने २४ वर्षीय ग्रेससिंह कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

    सदरमुकाम खलंगातर्फ पैदल आउँदै गरेका उनलाई प्रहरीचौकी ब्रह्मदेवबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त यार्सागुम्बासहित फेला पारी उनलाई पक्राउ गरेको हो । बरामद यार्सागुम्बासहित उनलाई आवश्यक कारबाहीको लागि अपिनाम्पा संरक्षण क्षेत्र दार्चुला पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार