Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    भारतीयले तुईन काटिदिदा महाकाली नदीमा खसेर एक नेपाली युवा बेपत्ता

    भारतीयले तुईन काटिदिदा महाकाली नदीमा खसेर एक नेपाली युवा बेपत्ता


    • शुक्रवार, श्रावण १५ २०७८

    • नेपाल वाइड


    भारतीयले तुईन काटिदिदा महाकाली नदीमा खसेर एक नेपाली युवा बेपत्ता
    फायल तस्बिर

    दार्चुला । व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी शुक्रबार बेपत्ता भएका हुन् ।

    महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए । ‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदियो, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन् ।

    पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौं,’ धामीले भने, ‘पाँच छ जना तुइनबाट भारत तरेका थिए । जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन् ।

    ’धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

    सम्बन्धित समाचार