Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ बुईपाका धनकुमार साउन १० गतेदेखि सम्पर्क विहिन

    खोटाङ बुईपाका धनकुमार साउन १० गतेदेखि सम्पर्क विहिन


    • शनिवार, श्रावण १६ २०७८

    • नेपाल वाइड


    खोटाङ बुईपाका धनकुमार साउन १० गतेदेखि सम्पर्क विहिन
    वेपत्ता बनेका बुईपाका धनकुमार राई ।

    खोटाङ । साउन १६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा बिचगाउँका धनकुमार राई सम्पर्क विहिन भएका छन् । ४३ वर्षीय राई गत साउन १० गतेदेखि सम्पर्क विहिन बनेका हुन् ।

    वेपत्ता बनेका धनकुमारलाई गाउँघरमा सोधखोज गर्दा फेला नपरेपछि आफन्तले खोजीका लागि प्रहरीलाई हुलिया दिइसकेका छन् । घरबाट जानकारी नदिइ निस्केकाले वेपत्ता राईको खोजीमा समस्या भइरहेको आफन्त नाकिमा नाकिमले जानकारी दिएका छन् ।

    बेपत्ता राईलाई देख्ने वा भेट्ने जो कोहीलाई मोबाईल नम्बर ९८०३१२६५८४, ९८४५३६०८३८ र ९८६०५६६१०४ मा सम्पर्क गरेर जानकारी दिन समेत अनुरोध गरिएको छ ।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार लुम्बुरछाङका ४४ वर्षीय प्रेमसुन्दर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३० वर्षीय विसन कट्वाल समेत बेपत्ता छन् । प्रेमसुन्दर गत बैसाख २१ गतेदेखि र कट्वाल २०७६ फागुन ३ गतेदेखि बेपत्ता भएको आफन्तले बताएका छन् ।

    सम्बन्धित समाचार