Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बिएड प्रथम वर्षको परिक्षा दिँदै गरेका परिक्षार्थी मृत फेला

    बिएड प्रथम वर्षको परिक्षा दिँदै गरेका परिक्षार्थी मृत फेला


    • सोमवार, श्रावण १८ २०७८

    • नेपाल वाइड


    बिएड प्रथम वर्षको परिक्षा दिँदै गरेका परिक्षार्थी मृत फेला
    सांकेतिक तस्बिर

    खोटाङ । साउन १८, खोटाङमा बिएड प्रथम वर्षको परिक्षा दिँदै गरेका परिक्षार्थी मृत फेला परेका छन् । रावाबेँसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पस खार्पा परिक्षा केन्द्रबाट बिएड प्रथम वर्षको परिक्षा दिँदै गरेका हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका ४६ वर्षीय शिवराज राई कोठामा मृत फेला परेका हुन् ।

    रावाबेसी गाँउपालिका–२ खार्पास्थित लुकराज श्रेष्ठको घरमा बसेर परिक्षा दिँदै गरेका राई सोमबार बिहान कोठामै मृत फेला परेको रावा क्याम्पसका उपप्राध्यपक गोपाल बस्नेतले बताए ।

    बेलुकाको खाना खाएर सुतेका राई बिहान परिक्षा सुरु हुनेबेलासम्म नउठेपछि हेर्न जाँदा कोठामा मृत फेला परेका हुन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी क्याम्पसमा अध्ययनरत राई परिक्षाका लागि रावा क्याम्पस खार्पा पुगेका थिए । आइतबार राती अवेरसम्म पढेका राई बिहान भने मृत फेला परेको हुन् ।

    उनले आफ्नो साथीहरुलाई राती अवेरसम्म पढ्ने र बिहान ढिला उठेको अवस्थामा उठाउन भनेको उपप्राध्यपक बस्नेतले बताए । ‘राती अवेरसम्म पढ्छु, बिहान ढिलो उठेँ भने उठाउनु है भनेर पढ्न बसेका रहेछन्,’ बस्नेतले भने, ‘बिहान परिक्षा सुरु हुने बेलासम्म पनि नउठेपछि उठाउन जाँदा मृत अवस्थामा फेला पर्नु भएको हो ।’

    तीन वटा विषयको परीक्षा दिइसकेका राई सोमबार ऐच्छिक अंग्रेजीको परीक्षा दिने तयारीमा थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

    उनले उच्च रक्तचापको औषधी खाइरहेको भेटिएको छ । आफन्तको उपस्थितिमा शव उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार